पूर्णबहादुर खडकालाई ट्रेड युनियन कांग्रेसको ज्ञापन : निर्वाचनअघि महाधिवेशन गरौं

डिसी नेपाल
२५ कार्तिक २०८२ १४:०२
72
Shares

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।

गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो।

कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन कांगे्रसले फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांग्रेसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुलाई कार्यस्थलबाट नै मतदानको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अघि सारेको छ।

त्यस्तै जेनजी आन्दोलन पश्चातको उद्योग कलकारखाना , पर्यटन क्षेत्रका प्रतिष्ठानहरुमा देखिएको समस्यालाई सरकारले तथा राजीतिक दलहरुले गम्भीरता का साथ लिनुपर्ने लगायतका बैठकले निर्णय गरेका १३ बुँदे मुद्दाहरु कावा सभापतिलाई कार्यान्वयनका लागि महासंघका तर्फबाट बुझाइएको अध्यक्ष योगेन्द्र कुँवरले बताए।

ज्ञापन पत्र बुझदै कावा सभापति खडकाले महासंघले उठाएका मुद्दाहरुप्रति कांगे्रसले सकारात्मक तवरले लिनेछ र विचमा चाडवाडको विदाहरुले बैठक सम्पन्न हुन ढिलाइ भएकाले अब चाडै नै कांगे्रस एउटा निष्कर्षमा पुग्ने जानकारी दिए।

सो क्रममा अध्यक्ष कुँवरले हामी अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्तै गम्भीर रहेको बताए। उनले भने,‘हामी अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्तै गम्भीर छौं। बेरोजगारीहरुको संख्या बढेको छ। उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको छ। पुँजी पलायन हुने खतरा बढेको छ अत कांगे्रस एक पूरानो तथा लोकतान्त्रिक दल भएकाले सबै समस्याहरुको निक्र्यौल बैठकबाट चाडो हुनुपर्दछ भन्नेमा छौं,’ अध्यक्ष कुवरले भने।

ट्रेड युनियन कांगे्रसमा चार लाख सदस्य छन् साथै विभिन्न पेशाकर्मीहरु रहेको २७ वटा श्रमिक संगठन सदस्यका रुपमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.