अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

डिसी नेपाल
२५ कार्तिक २०८२ १५:४९
48
Shares

काठमाडौं । सरकारले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो।

बाराकोटीले आइतबारबाट लागू हुने गरी राजीनामापत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका थिए।

उनले राजीनामा पत्रमा आफ्‌नो स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको उल्लेख गरेका थिए।

डा. बाराकोटीको नियमित पदावधि अझै दुई वर्षभन्दा बढी बाँकी थियो। केही महिना अघि अस्वस्थ भएपछि केही समय त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

बालरोग विशेषज्ञसमेत रहेका डा. बाराकोटी आफ्नो सरकारी सेवामा रहँदा सबैभन्दा धेरै समय उपत्यका बाहिर रहेर सेवा दिने विशेषज्ञ चिकित्सक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.