ढकारीमा साँझ ५ बज्योकि टेलिफोन सेवा अवरुद्ध, स्थानीयलाई सास्ति
ढकारी । अछामको ढकारी गाउँपालिकामा साँझ ५ बजेपछि दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको सेवा अवरुद्ध हुँदै आएको छ। दिनभर नेटवर्कले काम गर्ने भए पनि साँझ हुन थालेपछि नेटवर्क अवरुद्ध हुने हुँदा स्थानीय सास्ति खेप्न बाध्य छन्।
स्थानीयले सञ्चार सेवा, सडक, बत्ती र आधारभूत पूर्वाधारका समस्या समाधान गरिदिन स्थानीय सरकार र राजनीतिक दलका प्रतिनिधिहरूलाई पटक पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
ढकारीका धेरै गाउँमा अहिले पनि मोबाइलमा नेटवर्क नचल्ने, सडक र बिजुली जस्ता आधारभूत सुविधा नपुगेको अवस्था रहेको छ। साँझको पाँच बजेदेखि कुनै पनि सिममा नेटवर्क नआउने गरेको स्थानीय मिन बुढाले बताए।
उनका अनुसार ढकारी गाउँपालिकाको भौरेगाउँ, रुज, बलाता, भिग्मण, अम्गाउँ, दाउनामरा, मैका र बास्कोटलगायतका गाउँमा सञ्चार से अवरुद्ध हुँदै आएको हो।
‘काठमाडौंमा नयाँ–पुराना दलका ठूला मान्छेहरू देखिन्छन्, तर ढकारीका समस्या समाधानका लागि कोही गाउँ फर्किएका छैनन्,’ उनले आफ्नो ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरूप्रति आक्रोस व्यक्त गर्दै भने।
स्थानीले नेटवर्कको समस्याका कारण आफन्तसँग सञ्चार गर्न समेत समस्या हुने गरेको बताएका छन्। उनीहरूले गाउँमा कोही बिरामी हुँदा पनि कसैलाई फोन गर्न सक्ने अवस्था नरहेको बताएका हुन्।







डिसी नेपाल








Facebook Comment