हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे

डिसी नेपाल
२५ कार्तिक २०८२ १७:५९
52
Shares

सुर्खेत। प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन्। मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन्।

विरेन्द्रनगर नगरपालिका– ११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो। ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए।

मृतकको पोष्टमार्टमको लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो। मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ।

मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताए। लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो।

शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.