कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला

डिसी नेपाल
२५ कार्तिक २०८२ २३:०२
24
Shares

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार (आज) दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नामथर र वतन नखुलेको करिब ३० वर्षको पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो।

स्थानीय बासिन्दाले होम पाइपबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव बरामद गरी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएको थियो। प्रहरीका अनुसार शवको पहिचान अहिलेसम्म हुन सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.