९५ लाख बढी पर्ने मोबाइल पार्टसहित दुई जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट मंगलबार प्रहरीले करिव ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्टसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता छन्।
चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोबाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यूरोको टोलीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका चौधरीले भातरबाट अवैध रुपले ल्याएको मोबाइलका पाट्र्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए।
त्यसपछि प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पाटर्ससहित सप्लायर्सका सञ्चालक आसुतोष कुमार गुप्तालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुबै जनालाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment