जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु

डिसी नेपाल
२६ कार्तिक २०८२ १४:१७
104
Shares

जनकपुर। जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु भएको छ।

मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदले विरोध प्रदर्शन गरिरहेका छन्।

उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्।

उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजीनामा देलगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन्।

हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध गरिरहेका थिए। सोही समयमा सुरक्षाकर्मीले लाठी चार्ज गर्दा दर्जन बढी घाइते भएका थिए।

सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज विहान ८:३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए।

७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्ट रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.