मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

डिसी नेपाल
२६ कार्तिक २०८२ १६:२८
16
Shares

रौतहट। मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन्।

सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो। लोसपाका नेता अनिल सिंहले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए।

मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले नियुक्ति खारेजी हुनुपर्ने माग दोहोर्‍याए। उनले सभामुख रामचन्द्र मण्डलको पानि राजीनामा माग गरेका हुन्।

उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन्। नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

सात दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) को दुरुपयोग गर्दै असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.