सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौं : करण केसी

डिसी नेपाल
२६ कार्तिक २०८२ १७:०२

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ

बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो

सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन्

उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए

उनले भने, ‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरु सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.