कर्णाली याशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा
काठमाडौं। साविक विजेता कर्णाली याशविस लगातार चौथो खेलमा अपराजित रहदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो। जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो।
यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment