एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंले पोखरालाई हरायो
काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ।
बिहीबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेटमा काठमाडौं २५-१९ र दोस्रो सेटमा २५-१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२-२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५-१८ ले जित हासिल गर्यो।
जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो। चार खेलबाट ६ अंक पुर्याएको काठमाडौंको फाइनल पुग्ने सम्भावना कायमै छ।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनः सुचारू भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment