श्रीमतीको फोन नम्बर ‘मोटी’ नाम राखेर सेभ गर्दा अदालतले सुनायो सजाय

डिसी नेपाल
२८ कार्तिक २०८२ १६:३४
116
Shares

काठमाडौं । एक व्यक्तिले श्रीमतीको फोन नम्बर ‘मोटी’ नाम राखेर सेभ गर्दा अदालतले सजाय सुनाएको छ । उनीहरूको सम्बन्ध विच्छेदको सुनुवाइको क्रममा श्रीमतीले आफ्नो पतिले आफ्नो नाम होच्याउने शब्दले सेभ गरेको र यसले आफूलाई भावनात्मक रूपमा चोट पुगेको दाबी गरेपछि अदालतले पुरुषलाई सजाय सुनाएको हो ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार टर्कीको एक अदालतले मोबाइल फोनको सम्पर्क सूचीमा श्रीमतीको नाम यसरी राख्नु “भावनात्मक र आर्थिक हिंसा” आहर गरेर फैसला सुनाएको हो । आफ्नी श्रीमतीको तौल बढी भएको कारणले गर्दा उनले मोबाइल फोनमा “टोम्बिक” उपनाम दिएर श्रीमतीको नम्बर सेभ गरेका थिए । टर्किश भाषाको यो शब्दको अर्थ मोटी भन्ने हुन्छ ।

टर्कीको समाचार आउटलेट सबाहका अनुसार पश्चिमी टर्कीको उसाकमा बस्ने एक महिलाले आफू भावनात्मक रूपमा टुटेको कारण देखाउँदै सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । त्यसपछि उनका पतिले उनलाई विश्वासघातको आरोप लगाउँदै जवाफी मुद्दा दायर गरे।

श्रीमानले आफ्नी श्रीमतीलाई आफ्नो घरमा अर्कै पुरुष बोलाएर बसेको आरोप लगाए तर अनुसन्धानकर्ताहरूले ती पुरुष उनलाई किताब दिन मात्र आएका थिए र उनीसँग कुनै पनि प्रकारको सम्बन्धको कुनै प्रमाण थिएन भन्ने पत्ता लगाए ।

अदालतले श्रीमानको अपमान र आर्थिक दबाब बढी गम्भीर भएको पाएपछि उनलाई मुख्यतया दोषी ठहर गर्‍यो। टर्कीको कानून अन्तर्गत व्यक्तिको मर्यादामा आक्रमण गर्ने शब्द वा कार्यहरू गरेमा दुई वर्षसम्म जेल सजाय र जरिवानाको सजाय हुन्छ ।

सुनुवाइपछि दम्पतीको सम्बन्ध विच्छेदलाई अन्तिम रूप दिइयो र विश्वासघातको दाबी खारेज गरियो। पतिलाई आफ्नी पूर्व पत्नीलाई शारीरिक र नैतिक क्षतिपूर्ति दुवै तिर्न आदेश दिइएको थियो। क्षतिपूर्तिको रकम सार्वजनिक रूपमा खुलासा गरिएको छैन। यो घटनाले अनलाइनमा निकै चर्चा पाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.