बिरामीको उपचारका लागि रु १२ लाख सहयोग
म्याग्दी। जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजोसम्बन्धी बिरामीको उपचारका लागि रु १२ लाख सहयोग गरिएको छ।
‘लिभर क्रोहोसिस’सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि वडा कार्यालयको पहलमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीले उक्त रकम सहयोग गरेका हुन्।
गत भदौदेखि सञ्चालन भएको अभियानमार्फत सङ्कलन भएको रु १२ लाख दुई हजार ४१२ आज मिमबहादुरलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका–३ का अध्यक्ष पदम पुनले जानकारी दिए।
विगत १० वर्षदेखि बिरामी परेका मिमबहादुरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोग जुटाइएको उनले बताए। रकम जुटेपछि मिमबहादुरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचारको तयारी गरेको उनकी बहिनी दिया पुनले बताइन्।
भकिम्लीका तारामिलन छन्त्याल, शेरबहादुर छन्त्याल, चित्र पुन, रेशम काउचा, रन्जिता पुन घर्ती, मिलन घर्तीलगायतका व्यक्तिहरूले प्रवासमा सहयोग जुटाउन समन्वय गरेका थिए।







डिसी नेपाल








Facebook Comment