जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होइन् पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन्।
शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुस्तानतरणका बीचमा संवाद गर्नुपर्छ भन्ने एउटा नयाँ दृष्टिकोण बनाएको बताएका हुन्।
उनले भने,‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम थपेको छ। हामीले संवाद गर्नुपर्छ भन्ने सिकाएको छ। आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होईन् पुस्तान्तरणकाबीचमा संवाद गर्नुपर्छ। यो एउटा नयाँ दृष्टिकोण बनेको छ।’
त्यस्तै उनले भदौ २३ र २४ गतेको घटनाले समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयनको अवस्था र राजनीतिक पद्दतीको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशालाई छोटो समयमा ट्रिटमेन्ट दिएको बताए। जेनजी आन्दोलनले छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास गर्नु सकारात्मक पक्ष भएको बताए। छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्ने उनको भनाई छ।
उनले भने,‘भदौ २३ र २४ गतेको जुन घटना हो। त्यसले हाम्रो समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयन र राजनीतिक पद्दतीको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशाहरु थिए। ति निराशालाई एकैचोटी व्यक्त भए। नसुनिएका कुराहरु नसुनी नहुने रहेछ भन्ने देखायो। छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास भयो। त्यो सकारात्मक पक्ष हो। छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्छ।’
उनले संविधानमा रहेका कमीकमजोरीहरु सच्याउन आवश्यक रहेको बताए।
त्यस्तै सोही कार्यक्रममा बोल्दै जेनजी अभियन्ता मिराज ढुंगानाले कुनैपनि तरिकाले निकास नखोजी निर्वाचनमा जान नहुने धारणा राखे। जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, निकास नखोजी निार्वचनमा जानु त्यसको लागि न्याय नहुने उनको भनाई छ।







डिसी नेपाल








Facebook Comment