जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल

डिसी नेपाल
२९ कार्तिक २०८२ १५:३२
28
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन्।

नेपाल विद्युत व्यवसायी महासंघको १३औं बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी दायरामा ल्याउनपर्छ भन्दै छानबिनको माग राखेको बताए।

उनले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा उठेका मागहरुमा निजी क्षेत्र र आम पब्लिकको पनि चाहना थियो। सबैको चाहनाले जुन आन्दोलन भएको थियो त्यसमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरु धेरै नोक्सानी भयो। जेनजीको माग आम पब्लिकले चाहेको शुसासनको सवाल हो। तर त्यसमा गलत तरिकाले घुषपैठ गराउनेलाई कानुनी दायारामा ल्याउनपर्छ भन्ने कुरा महासंघले गृहमन्त्री र प्रधानमन्त्रीहरुसँग कुरा राखेका छौँ,’ उनले भने।

त्यस्तै उनले सरकारसँग तार्किक रुपमा सहमति गरेर सहकार्य गरेर अघि बढ्ने हो भने त्यसको परिणाम राम्रो हुने बताए। महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको दोस्रो दिन भएका सबै घटनाको छानविन हुनुपर्ने धारणा राखे। उनले लगानी सुरक्षाका लागि नीतिगत सुधार र स्पष्ट हुनुपर्ने, खुला सीमानाको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.