एमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न, जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड
बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ।
शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो । ‘निण¥यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए।
राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनस्र्थापनाको गर्नुपर्ने भन्दै एमालेले देशैभरी जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको थियो।







डिसी नेपाल








Facebook Comment