आइपीएलका धेरै खेलाडी साटफेर, राजस्थानले कप्तान नै बेचिदियो

डिसी नेपाल
३० कार्तिक २०८२ ११:१६
212
Shares

काठमाडौं । आईपीएल २०२६ को लागि राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स लगायत धेरै टोलीहरू बीच खेलाडीहरूको कारोबार गरिएको छ। रवीन्द्र जडेजा अब अर्को सिजनमा राजस्थान रोयल्सबाट खेल्नेछन्।

आईपीएलको आधिकारिक वेबसाइटका अनुसार राजस्थान रोयल्सले जडेजालाई १४ करोड रुपैयाँमा अनुबन्ध गरेको छ। चेन्नई सुपर किंग्सले उनलाई १८ करोड रुपैयाँमा प्रस्ताव गरेको थियो।

यसका साथै, इङ्गल्याण्डका अलराउन्डर साम करनलाई पनि चेन्नइ सुपर किंग्सबाट राजस्थान रोयल्समा साटिएको छ, जसको हालको मूल्य २.४ करोड रहेको छ।

यसैबीच, चेन्नइ सुपर किंग्सले राजस्थानका कप्तान संजु स्यामसनलाई आफ्नो टोलीमा समावेश गर्‍यो। स्यामसनलाई उनको हालको पारिश्रमिक १८ करोडमा कारोबार गरिएको थियो।

यसबाहेक, तीव्र गतिका बलर मोहम्मद शमीलाई सनराइजर्स हैदराबादबाट १० करोड रुपैयाँमा किनेर लखनऊ सुपर जायन्ट्सको टोलीमा समावेश गरिएको छ।

मयंक मार्कंडेलाई मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सबाट, अर्जुन तेन्दुलकरलाई लखनऊ सुपरजाइन्ट्सले मुम्बईबाट, नितिश राणालाई दिल्ली क्यापिटल्सले राजस्थानबाट र डोनोभन फरेरालाई राजस्थान रोयल्सले दिल्लीबाट किनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.