वडाध्यक्षलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
३० कार्तिक २०८२ १९:३५
368
Shares

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ।

वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन। धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु संस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो।

सोही विवादका क्रममा शम्भु यादले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोकासमेत बरामद भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.