सबै पुस्ताको भावनालाई समेटेर कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख मुद्दा बनाउछौं : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशभर वामपन्थी पार्टीको एकता प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सन्देशसभा सञ्चालन गरिने बताएका छन्।
कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी मङ्सिर महिनाभित्र सातै प्रदेशमा एकतासभा गरिने जानकारी दिए।
पार्टीको सङ्गठन सुदृढ बनाउन युवा सहभागितालाई जोड दिँदै नेता खनालले सबै पुस्ताको भावनालाई समेट्न र कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख ‘एजेन्डा’ बनाइने विचार व्यक्त गरे। मुलुकमा सुशासन कायम गरी जनताको आर्थिक प्रगतिका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राखे।
पूर्वप्रधानमन्त्री खनालले नेपाली विशेषताको समाजवादी व्यवस्था कार्यान्वयनका लागि आमजनतालाई सङ्गठित गर्दै समाजवादको बाटोतर्फ लैजानुपर्नेमा जोड दिए।








डिसी नेपाल






Facebook Comment