कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो।
कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए। पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए। चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए।
तर, खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल चितवन राइनोजविरुद्धको खेलमा शतक बनाउनबाट चुकेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सका लागि भारतीय खेलाडी पञ्चाल शतक बनाउनबाट १० रनले चुकेका हुन्।
पहिलोपटक एनपिएल खेलिरहेका उनले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा ९० रन बनाए। उनी रबि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए । इङल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावशाली खेलाडी हुन्।
योसँगै जारी एनपिएलमा पञ्चाल अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले अर्धशतक बनाएका थिए । त्यसक्रममा उनले ५४ रन बनाएका थिए।







डिसी नेपाल








Facebook Comment