गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

डिसी नेपाल
२ मंसिर २०८२ १८:४३
20
Shares

गोरखा । गोरखामा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

खेत जोतिरहेको बेलामा प्रदेश २०३००१ त २८२७ नम्बरको ट्र्याक्टर अचानक गियर फेल भई पछाडि हट्न पुग्दा बानियाँलाई ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।

ट्र्याक्टरको पछाडि काठको मुढामा बसेर बानियाँले खेत सम्याइरहेका बेला अचानक ट्र्याक्टरको गियर फेल भएको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी रातामाटेबाट घटनास्थलमा प्रहरीको टोली पुगेको थियो। दुर्घटनापछि ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.