सुनचाँदीको मूल्य फेरि बढ्यो

डिसी नेपाल
३ मंसिर २०८२ १०:५९
6.6k
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मंगलबारको तुलनामा बुधबार दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० रूपैयाँ ले बढेको छ। बुधबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *