सुदूरपश्चिमसामू काठमाडौं गुर्खाज २९ रनले पराजित

डिसी नेपाल
३ मंसिर २०८२ २०:०३
28
Shares

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको छ।

कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो।

काठमाडौंलाई रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए। उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए।

हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी रन बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.