नेप्से करिब स्थिर अवस्थामा, कारोबार रकममा भने सामान्य सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक करिब स्थिर अवस्थामा देखिएको छ। यसदिन ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करिब स्थीर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।
बुधबार ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३२८ स्टकको ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ। कुल ६६ हजार ७९ पटकको कारोबारमा उक्त किनबेच भएको हो।
यसदिन नेप्से घटेपनि कारोबार रकममा भने सामान्य अंकको वृद्धि देखिएको छ। यसदिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस्तै, सिन्धु विकास बैंकको शेयर पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
यसदिन बुङ्गल हाइड्रो पावरको शेयर सबैभन्दा बढी ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, सानिमा ग्रोथ फण्डको शेयर पनि ५.७६ प्रतिशतले घटेको छ।
यसदिन कारोबार रकमका आधारमा बुङ्गल हाइड्रो, साहस उर्जा, दरमखोला इनर्जी र माबिलुङ हाइड्रोको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। बुङ्गल हाइड्रोको शेयर प्रतिकित्ता ५८९ रुपैयाँको दरले ७ हजार ३३३ कित्ता शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यसदिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।







डिसी नेपाल







Facebook Comment