सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ

डिसी नेपाल
४ मंसिर २०८२ २१:५४
196
Shares

बागमती। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले संकटको समयमा भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताएका छन्।

हेटौँडामा आज आयोजित आपतकालीन प्रयोगका लागि भारतले दिएको बेलिब्रिज हस्तारण कार्यक्रममा मन्त्री घिसिङले नेपालमा विनाशकारी भूकम्पपछि संकटको बेला भारतले गरेको सहयोग अविस्मरणीय रहेको चर्चा गरे।

नेपालको सडक, पुल निर्माणलगायत भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग गरी एक विश्वासनीय साझेदार भूमिका निर्वाह गर्दै आएको बताए।

नेपालमा विपद्का बेलादेखि भौतिक पूर्वाधार विकास निर्माणको कामसम्ममा भारतले एक छिमेकीको मात्र नभई एक विश्वसनीय साझेदारको रुपमा भूमिका निर्वाह गरिरहेको उनले बताए। भारतको सहयोगमा निर्मित हुलाकी सडकले तराई क्षेत्रमा यातायातको पहुँच विस्तारसँगै सो क्षेत्रको नागरिकको जीवनस्तर नै परिवर्तन भएको मन्त्री घिसिङले बताए। भारतको सहयोगमा निर्माण भएका पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको उनले बताए।

यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माणलगायत सामाजिक क्षेत्रमा भारतको सहयोगले सकारात्मक प्रभाव पारेको बताउँदै मन्त्री घिसिङले भारतको सहयोगले नेपालको समग्र विकासमा कोसेढुङ्गा सावित भइरहेको बताए।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको हरेक समस्यामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.