सिमरा घटना : आज दुवै पक्षबीच वार्ता हुने

डिसी नेपाल
५ मंसिर २०८२ ११:०५
104
Shares

रौतहट। बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ। नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन्।

उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे।वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन्। उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन्।

प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए।पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन्।

उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए। घटनामा ६ प्रहरी र ४ जेन-जी युवा घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक-पटक कफ्र्यु आदेश जारी गरेको थियो। जेन-जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। अहिले सिमराको जनजीवन सामान्य बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.