अस्ट्रेलियाली बलर मिचेल स्टार्कले एसेजमा १०० विकेट पूरा गरे, नयाँ रेकर्ड पनि बनाए
काठमाडौं । एशेज शृंखला अन्तर्गत अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच पर्थमा खेलिएको पहिलो खेलमा अष्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्कले आफ्नो खातामा विशेष उपलब्धि दर्ता गरेका छन्।
उनी एसेजमा १०० विकेट लिने बलरहरूको सूचीमा सामेल भएका छन्। ३५ वर्षीय स्टार्कले एसेजमा २२ खेल खेलेका छन्, ४३ इनिङमा २६.६५ को औसतमा १०० विकेट लिएका छन्।
योसँगै स्टार्कले आफ्नो टेस्ट डेब्यू पछि टेस्ट म्याचको पहिलो इनिङको पहिलो ओभरमा सबैभन्दा धेरै विकेट लिने रेकर्ड पनि दर्ता गरेका छन्।
यसअघि यो रेकर्ड इङ्गल्याण्डका जेम्स एन्डरसनको नाममा थियो। एन्डरसनले आफ्नो पहिलो ओभरमा छ विकेट लिए। मिचेल स्टार्कको संख्या अब सात पुगेको छ।
आजको खेलमा मिचेल स्टार्कले पाँच विकेट लिएका छन्, जसमा इङ्ग्ल्याण्डको पहिलो इनिङ १७२ रनमा अलआउट भएको छ।







डिसी नेपाल








Facebook Comment