नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको कटाक्ष : वामपन्थी विचारबाट पतन भएकाहरूको एकता

डिसी नेपाल
५ मंसिर २०८२ १५:४६
8
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन्।

शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए।

उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन्। केही मान्छेहरु छन बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन्। हामी सँधै त्यसरी वाम एकता गर्दैनौं। परेका बेला जाग्छौं। वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन्।’

त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए। नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ।

उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो। नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो। त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन।’

अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए।

‘हामीले अस्ति भर्खरै नेकपा एकिकृत समाजवादी बनाउन जानुभएकाहरु एमालेमा फर्केर आउनु भएको छ। ती मध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं।’

नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.