आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

डिसी नेपाल
६ मंसिर २०८२ ८:०७
12
Shares

काठमाडौं। आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ।

मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्न मतभिन्नता देखिएपछि बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पनि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्न यो बैठक बोलाइएको हो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अघिनै पुसभित्र महाधिवेशन सक्नुपर्ने बताइरहेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.