सिमरा घटनाः प्रशासन र जेनजी समूहबीच सहमति

डिसी नेपाल
६ मंसिर २०८२ १६:३४
80
Shares

रौतहट बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूहबच तीन विषयमा सहमति भएको छ जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेलगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो

सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कारबाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने बताए प्रशासन र जेनजी समूह बिच भएको सहमति संगै शनिबार सिमराको जनजीवन समान्य बनेको छ भने यातायात निर्वाध रुपमा संचालनमा रहेको छ

यता बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छजेनजी समह र एमाले कार्यकर्ताबीचको झडप पछि दुई दिनदेखि सिमरा अशान्त बनेको थियो

सोह घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको हो मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन्।

एमाले नेताकार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण केहि दिनदेखि सिमरा अशान्त बनेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.