राजस्व कार्यालय जुम्लाद्वारा ८ करोड ६८ लाख राजस्व संकलन
जुम्ला। आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ४ महिनामा रु आठ करोड ६८ लाख राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो, तर रु आठ करोड ६८ लाख संकलन गरेको हो।
जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व संकलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख संकलन भएको जानकारी दिए। उनले भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ रु ५६ लाख राजस्व संकलन भएको बताए।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ। बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताए। उनले जिल्लामा १७ हजार बढी करदाता रहेको बताए।
भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन्। शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन्। कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेकामा रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको थियो।







डिसी नेपाल







Facebook Comment