करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

डिसी नेपाल
७ मंसिर २०८२ १०:३७
32
Shares

रौतहट। रौतहटको गौरमा विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

गौर नगरपालिका-८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो।

रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो।

मौलापुर नगरपालिका-४ पतौरा घर भएर गौर नपा ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए। यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.