पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्सको मुख्यालयमा आक्रमण

डिसी नेपाल
८ मंसिर २०८२ १३:३९
48
Shares

काठमाडौं । सोमबार बिहान पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) मुख्यालयमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा आतंककारीहरूले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको छ।

आक्रमणपछि भारी गोलीबारी भयो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनामा तीन एफसी कर्मचारीको मृत्यु भएको पुष्टि गरे।

पेशावरका प्रहरी अधिकारी मियाँ सईदका अनुसार आक्रमणको बारेमा पूर्ण जानकारी अझै उपलब्ध छैन।

यसैबीच, लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार अहिलेसम्म पाँच जना घाइतेलाई अस्पताल ल्याइएको छ, जसमध्ये सबैलाई सामान्य चोट लागेको छ।

पेशावर सदरमा रहेको एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा अवस्थित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.