भदौ २३ र २४ गतेको घटनासम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त भएको जानकारी दिएका छन्।
सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी हालको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको बताएका हुन्।
उनले भने, ‘भदौ २३ र २४ गतेको घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा हालसम्म जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त हुन आएका छन्। यसमा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत र व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु अहिलेको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको अवस्था छ।’
जाहेरी दर्खास्तहरु मध्य सबैभन्दा बढि ५७ प्रतिशत सरकारी कार्यालयसँग सम्बन्धित, सबैभन्दा कम संस्थागत र व्यापारिक प्रतिष्ठानका २३ प्रतिशत र व्यक्तिगत रुपमा प्राप्त हुन आएका जाहेरी दर्खास्तहरु ४३ प्रतिशत रहेको पनि उनको भनाई छ।
साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए।
हालसम्म विभिन्न घाइतेहरुसँग सम्बन्धित २२ वटा घटना विवरणहरु पनि सम्पन्न गरेको उनको भनाई छ। भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो। आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए।







डिसी नेपाल







Facebook Comment