प्रधानसेनापति सिग्देलबाट कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।
प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment