जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

डिसी नेपाल
९ मंसिर २०८२ १६:२३
908
Shares

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन्

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए

उनले भने, ‘भदौ २४ पछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो गरेर पनि प्रस्तुत गरिने पाइएको छ। त्यस्तो होईन्, पुरानानयाँ खराब सबैलाई छुट्टाउन सक्नुपर्छअध्ययनसमाज बुझ्ने क्रममा त्यो ज्ञान हामीले ग्रहण गर्न सकेनौ भने अहिलेको जेनजीहरु पनि धेरै राम्रो नेता बन्न सक्दैँनन् भन्ने मेरो निष्कर्ष होहिजो भर्खरै आएका जेनजीहरुले हामीबाटै इतिहास सुरु भयो भन्ने नसोचे हुन्छ। मैले यसलाई सकारात्मक रुपमा नै भनेको हो। इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोराउन पुग्छौ।’

उनले शेर बहादुर देउवा र केपी ओली पनि कुनै समयमा जेनजी नै भएको भन्दै इतिहासलाई पल्टाएर, नजिकबाट अध्ययन गरेमात्र राम्रो नेता भन्न सकिने बताए।

सरकारमा रही आएका पार्टीहरुले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरेपनि यो सत्य भएको उनको भनाई छ ।

उनले भने, ‘पार्टीहरुले जेनजी आन्दोलनलाई यस्तो पनि आन्दोलन हुन्छ भनेर जुन खिसी गरिरहेका छन् त्यो उनीहरुले इतिहासमा लामो संघर्ष गरेर मात्र सफलता पाएको हुनाले हो। त्यसकारण उनीहरुले २७ घण्टामा सत्ता ढालेको पनि आन्दोलन हुन्छ भनेर भन्ने गरेका हुन्तर त्यो भएकै होअब आन्दोलन भनेको १० वर्ष जेल बसेपछि गरेको परिवर्तन मात्रै हो भन्ने भाष्यबाट अगाडि आउनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.