दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान

डिसी नेपाल
९ मंसिर २०८२ १७:१७
16
Shares

कामठाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ।

मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद दश लाख रुपैयाँ प्रदान गरेको हो।

नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.