करण केसीको विस्फोटक ब्याटिङमा काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

डिसी नेपाल
९ मंसिर २०८२ १७:४७
96
Shares

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ किेट गुमाएर १५७ रन बनाएको हो। काठमान्डुका कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे। उनले ११ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३४ रन बनाए।

यस्तै आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नैब र रोहित पौडेलले दुई दुई विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.