एनपीएलः काठमान्डुले लुम्बिनीलाई हरायो
काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो।
काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि शेर मल्लले २७ रन बनाए। यस्तै दिलीप नाथले २५ तथा डार्सी सर्टले २२ रन बनाए। काठमान्डुका मिलिन्द कुमार र गेरहार्ड इरास्मले दुई दुई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। काठमान्डुका कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे। उनले ११ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३४ रन बनाए।
यस्तै आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नैब र रोहित पौडेलले दुई दुई विकेट लिए।







डिसी नेपाल








Facebook Comment