‘जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता

डिसी नेपाल
९ मंसिर २०८२ १९:५७
52
Shares

काठमाडौं । ’जय मातृभूमी पार्टी’ले आधिकारिकता पाएको छ। राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टीपूर्व सुरक्षाकर्मीहरुको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकीकरणगरी बनेकोजय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाण पत्र प्रदान गरेको होमंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे

प्रमाण पत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए। उनले भने, ’हामी पूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौँदेशभरलाखभन्दा बढी छौँजनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौंहामीलाई जनतामाथी विश्वास छ।’

अध्यक्ष कार्की पूर्व मेजर जर्नेल समेत हुन्। उनी ४० वर्ष नेपाली सेनामा कार्यरत रहे। ’देशकै अवस्था देखेर हामीहरु राजनीतिमा होमिनु परेको हो। कुशासनले देशै नरहला कि भन्ने अवस्था आइसकेको अवस्थामा मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी आएका छौं। सचेत नागरिक जागरुक हुन आवश्यक छ’ उनले भने

पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्ति सँग एलाइन्स गरेर फागुन २१ मा हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए। उनले भने, ’हाम्रो पार्टीमा विभिन्न क्षेत्रबाट कुशलता पूर्वक राष्ट्रको सेवा प्रदान गरेका अवकाश प्राप्त योग्य नेताहरु र विभिन्न बिषय विज्ञहरु हुनुहुन्छ, उहाँहरुलाई काँध थाप्ने जेनजी साथीहरु पनि हुनुहुन्छ। अवसर पाउँदा मूलुकको नेतृत्व गर्न सक्ने क्षमतामा राख्छौं।’

यो दलको दर्ता नम्बर २२१ रहेको छ। जय मातृभूमि पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.