एनपीएलः विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ। यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ।
चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment