एनपीएलमा रञ्जितको नयाँ कीर्तिमान
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखे। रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने।
बुधबार सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे। १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो।
उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए। उनको यो ‘डेब्यु’ खेलसमेत हो। लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो।
यसअघि जारी सिजनमा कुनै पनि बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन्। वीरगञ्जका रञ्जित मधेस प्रदेशबाट क्रिकेट खेल्छन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका कप्तान सन्दीप लामिछानेले भने ४र४ विकेट लिइसकेका थिए।







डिसी नेपाल








Facebook Comment