कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

डिसी नेपाल
११ मंसिर २०८२ १३:०६
908
Shares

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन्।

घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको नामथर तथा विस्तृत विवरण संकलन भइरहेको छ। घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.