ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित धामखेलको पहिचानको रुपमा रहेको नागदहले अब नयाँ रुप पाउने भएको छ। संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष दिनेशजंग पाण्डेले लामो प्रयासपछि काठमाडौं उपत्यका नगर विकास समितिमार्फत नागदहको विकास परियोजना यूएनडीपीको सहयोगमा टे«न्डर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रमको क्रममा उनले परियोजना प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुनाले वैदेशिक दातृ राष्ट्रका प्रतिनिधि र उपत्यका नगर विकास समितिका प्रतिनिधि र प्राविधिक टोलीसहितको अन्तिम साइट भिजिट गरिएको बताए। उनले केही दिनभित्रमा यसले अन्तिम रुप पाउने बताए।
यस्तै, उनले परियोजनाबाट नागदहमा रहेको फोहोरहरु सबै हटाउने, फुटपातलाई व्यवस्थित गर्ने, भत्केका पर्खालहरु पुनःनिर्माण गर्ने र दहमा नुहाउन वा लुगा धुन प्रतिबन्ध लगाउने बताए।
यो परियोजनाको अवधि दुई वर्ष रहेको र यसमा बजेट भनेर निर्धारित नहुने पनि उनको भनाई छ।








डिसी नेपाल






Facebook Comment