नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट

डिसी नेपाल
११ मंसिर २०८२ १५:३७
16
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ।

आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ।

बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ। यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो।

यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै प्रति कित्ता ७.९८ प्रतिशतले घटेको छ।

आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढि कारोबार भएको छ। यस्तै, नागदि ग्रुप पावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्सको सेयर पनि सबैभन्दा बढि कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *