हाम्रो बामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरूको अभियान बनि सकेको छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको बताए।
उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ।’
यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए।
उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागि भएको पनि बताए।
उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरु जेनजी युवाहरुले जुन आक्रोशका साथ आफ्ना मागहरु अगाडि सारेका छन्। देश विदेशमा भएका लाखौ नेपाली युवाहरुले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन्। ती युवाहरुको र आम नेपाली जनताको विकासको चाहानालाई सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो। यो एकता आन्दोलन हो।’
यो एकता एउटा यस्तो शक्तिशालि अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरुलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ।








डिसी नेपाल






Facebook Comment