जेन-जी अवरोधप्रति युवा संघ प्रवक्ताः अबरोधको जवाफ प्रतिकारबाट दिनेछौं
काठमाडौं। राष्ट्रिय युवा संघको पूर्व निर्धारित कार्यक्रममा जेनजी युवाहरुले जताततै बिरोध थर्न थालेपछि युवा संघका प्रवक्ता निरोज पौडलले आपत्ति जनाएका छन्।
उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै-अरुको कार्यक्रम बिथोल्न जानेले ‘नमस्कार’ भेट्दैन्, र याद गरः प्रतिकारको घडीमा हामी पशुपतिको पुजारी होइनौं’ भन्दै चुनैतीसमेत दिएका छन्। उनले अगाडि भनेका छन, ‘महेश बस्नेतमाथि जथाभाबी बोल्ने र अराजक गरिबिधि देखाए हामी अबरोधको जवाफ प्रतिकारबाट दिने छौं।’
भदौ २३ र २४ गतेका घटनापछि युवा समूह जेनजी र एमाले नेता महेश बस्नेतबीच तीव्र विवाद बढिरहेको छ। बस्नेतले जेनजीलाई ‘आतंककारी’ भनेको भन्दै विभिन्न स्थानमा पूरै समूहले विरोध जनाइरहेका बेला पौडेलले भने ‘बस्नेतले जेनजीलाई नभइ, आगजनी र अराजक गतिविधिमा संलग्न समूहलाई आतंककारी भनेको जवाफ दिएका छन्।
नेता बस्नेत हाल कुनै सरकारी जिम्मेवारीमा नरहेको तथ्य पनि पार्टी निकट वृतले स्मरण गराउँदै आएको छ। बस्नेत मन्त्रिपरिषद्का सदस्य, काठमाडौंण्का सीडीओ, नेपाल प्रहरीका आइजीपी वा उपत्यकाका प्रहरी प्रमुख पनि नरहेको अवस्थामा जहाँ–जहाँ उहाँ पुगे पनि “पक्राउ गर” भन्दै केही युवाहरूले उफ्रिनु अनौठो भएको प्रबक्ता पौडेलको भनाइ छ।
बस्नेतले भदौ २३-२४ को आन्दोलनका क्रममा निजी घर जलाउने, भाटभटेनी सुपरमार्केट जलाउने, चन्द्रागिरि केबलकारमा तोडफोड–आगो लगाउने, सिंहदरबार, अदालत, अख्तियार, मालपोत, नापीजस्ता राज्य संरचनाहरू जलाउने समूहलाई ‘आतंककारी’ भनेको युवा संघका प्रवक्ता पौडेलले दाबी गरे।
बाराको घटनालाई लक्षित गर्दै सामान्य ५०–६० जनाको भिड व्यवस्थापन गर्न नसक्ने र आफ्नै कमजोरी लुकाउन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्दा युवा संघले लोकतान्त्रिक अभ्यासविपरीत, नैतिकरूपमा गलत र जनअधिकार हनन् गर्ने कार्य भएको पौडेलले दाबी गरे।
‘सभा-सभा गर्न पाउने, स्वतन्त्र विचार अभिव्यक्ति गर्ने, शान्तिपूर्ण भेटघाट र कार्यक्रम सञ्चालन गर्नु नेपालको संविधानले प्रदान गरेको मौलिक अधिकारहरू हुन्। ती अधिकारहरूलाई दमन गर्दै दल र संगठनहरूको गतिविधि रोक्ने सरकारी निर्णयले लोकतन्त्र र विधिको शासनप्रतिको सरकारको सम्मानहीन व्यवहार स्पष्ट देखाएको छ,’ उनले भने।







डिसी नेपाल







Facebook Comment