अमेरिकासँग वार्ता गर्नुअघि युद्ध अन्त्य गर्न पुटिनले राखे यस्ता शर्त
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने मुख्य सर्तहरू दोहोर्याएका छन्।
उनले भने – युक्रेनले रुसले दाबी गरेको क्षेत्रहरूबाट आफ्नो सेना फिर्ता गरेपछि मात्र रुसले हतियार बिसाउनेछ।
पुटिनले लामो समयदेखि रुसले जबरजस्ती कब्जा गरेको युक्रेनी क्षेत्रहरूलाई कानुनी मान्यता दिन माग गर्दै आएका छन्।
यसमा २०१४ मा गाभिएको क्रिमिया र पूर्वी डोनबास क्षेत्र समावेश छन्, जसमध्ये धेरैजसो अहिले रूसी नियन्त्रणमा छन्।
युक्रेनले डोनबास छोड्न निरन्तर अस्वीकार गर्दै आएको छ।
पुटिनको भाषणपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने – रूसले युद्धलाई साँच्चै अन्त्य गर्ने प्रयासहरूलाई “बेवास्ता” गरेको छ।
किर्गिस्तानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेन “अन्तिम युक्रेनीसम्म लड्न” इच्छुक रहेको आरोप लगाए। उनले थपे – रूस पनि “सिद्धान्तमा” यसका लागि तयार छ।
यसअघि, रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा, जेलेन्स्कीले अमेरिकासँग शान्ति सम्झौतामा ‘सहमति’ भएको बताएका थिए।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजनामाथि गत सप्ताहन्तमा जेनेभामा छलफल र ‘अपडेट’ गरिएको थियो।
पुटिनले पुष्टि गरेका छन् कि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहितको एक अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ताको सुरुमा रूस आइपुग्ने तालिका छ।







डिसी नेपाल







Facebook Comment