हेटौंडाबाट सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर पीडितले न्याय पाउनैपर्छ

डिसी नेपाल
१२ मंसिर २०८२ १४:४९
440
Shares

हेटौँडा। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले हेटौँडा सडक विस्तारलाई सहज बनाउन २५२५ गज सीमा भित्र पर्ने आफ्ना निजी संरचना स्वयं भत्काउने घोषणा गरेका छन्।

शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सडक विस्तारका पक्षमा दृढ भएको स्पष्ट पारे।

सुमार्गीका अनुसार झण्डै नौ वर्षअघि नै सडक विस्तारको प्रारम्भिक सूचना आएपछि आफूले घर खाली गरिसकेको बताए। तर निजी सम्पत्ति प्रयोग गर्दा राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्ने भएकाले त्यसका लागि आफूले लडाइँ जारी राख्ने स्पष्ट धारणा राखे।

‘सडक विस्तार रोक्ने पक्षमा छैन, तर पीडितले न्याय पाउनै पर्छ,’ सुमार्गीले भने।

पाँच हजारभन्दा बढी व्यवसायी प्रभावित, उपमहानगरको ‘योजना नदेखिएको’ आरोप

सुमार्गीले सो क्षेत्रमै पाँच हजारभन्दा बढी व्यवसायी रहेको उल्लेख गर्दै ती सबैको व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले अहिलेसम्म स्पष्ट योजना नल्याएको आरोप लगाए।

कर संकलनका समयमा व्यवसायीलाई खोज्ने तर समस्या पर्दा व्यवस्थापनमै उदासीन रहने उपमहानगरपालिकाको व्यवहारप्रति उनले असन्तोष व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.