काठमान्डुसँग चितवन ५३ रनले पराजित

डिसी नेपाल
१२ मंसिर २०८२ १५:३१
40
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो।

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो।

चितवनका लागि देव खनाले २१ रन,रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे।

त्यस्तैगरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुईदुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए।

चार वटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ।

काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.